बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डका पछि लाग्ने नेकपा सांसदहरूलाई कारवाही हुने, यस्तो छ तयारी

प्रचण्डका पछि लाग्ने नेकपा सांसदहरूलाई कारवाही हुने, यस्तो छ तयारी

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 9.3K
    SHARES

  • प्रचण्डका पछि लाग्ने नेकपा सांसदहरूलाई कारवाही हुने, यस्तो छ तयारी

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लाग्ने नेकपा सांसदहरूलाई कारवाही हुने चेतावनी दिएका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनामा संसदमा ओलीविरुद्ध उत्रिने सांसदलाई कारवाही हुने प्रमुख सचेतक भट्टराईले स्पष्ट पारे ।

    शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दावाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ । आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं । उहाँको पक्षमा संख्याको कुरा गर्नुहुन्छ भने पनि १०० भन्दा बढी सांसद छन् ।’

    भट्टराईले जनताले नेकपालाई झण्डै दुईतिहाइ बहुमत दिएर पठाएको तर पार्टीभित्रकै केही नेताको स्वार्थका कारण २ वर्ष नपुग्दै प्रधानमन्त्री ओलीलाई हटाउने खेल थालिएको बताए ।

    ‘प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउने खेल सुरु भयो, यसको आभास पाउनेबित्तिकै उहाँसँग २ वटा विकल्प थिए – एउटा आत्मसमर्पण गर्ने, अर्को संसद विघटन गर्ने, योबाहेक उहाँसँग अर्को विकल्प थिएन । उहाँले भारी मनका साथ प्रतिनिधिसभा विघटन गर्नुभयो,’ भट्टराईले भने ।

    सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरेको फैसलालाई सम्मान गर्ने समेत भट्टराईले बताएका छन् ।

    भट्टराईले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरिसकेको बताए । संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए प्रतिवाद गर्ने समेत भट्टराईले बताएका छन् ।

    भट्टराईले प्रचण्ड र माधव कुमार नेपाललाई हालसम्म कारबाही नगरेको समेत बताए । प्रचण्ड हस्याङफस्याङ गर्दै अर्को पार्टीका सभापतिलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै गएको भन्दै भट्टराईले आलोचना गरेका छन् ।

    प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए डटेर सामना गर्ने भट्टराईले बताए । पार्टीका सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरे विधानअनुसार कारबाही गरिने समेत उनले चेतावनी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend