बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सुटकेशमा पैसा बोकेर नेकपा सांसद खरिद हुन थालेको यी नेताको खुलासा

सुटकेशमा पैसा बोकेर नेकपा सांसद खरिद हुन थालेको यी नेताको खुलासा

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १५ २०७७

  • 8.1K
    SHARES

  • सुटकेशमा पैसा बोकेर नेकपा सांसद खरिद हुन थालेको यी नेताको खुलासा

    काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा संसद पुनर्स्थापना गरिदिएपछि भित्रभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने खेल चलिरहेका बेला सांसदहरू खरिद गर्न सुटकेशमा पैसा बोक्ने गरिएको नेकपाकै सांसदले खुलासा गरेका छन् ।

    शनिबार गृहजिल्ला गोरखामा अगुवा नेता कार्यकर्तासँगको छलफलमा नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता तथा राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संसद पुनर्स्थापना भएसँगै केपी ओलीले नैतिकता आधारमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्नेमा पदमा टाँसिएर बसेको र सांसद खरिद गर्न थालेको आरोप लगाए ।

    ओली पक्षले सत्तामा टाँसिरहने नियतका साथ सांसदलाई आफ्नो पक्षमा पार्न सुटकेशमा पैसा बोकेर हिँड्न थालेको आरोप लगाएका छन् ।

    प्रवक्ता श्रेष्ठले ओली पक्ष सांसद खरिदका लागि सुटकेस बोकेर हिँडेपनि उनीहरूको योजना कुनै पनि हालतमा सफल हुन नसक्ने बताएका छन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधान र देशको पक्षमा साहसिक फैसला गरेको टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले न्यायालयमाथि जनताको भरोसा अझ बढेर गएको बताएका छन् । 

    ‘संसद पुनर्स्थापनासँगै सबै चिज ठीकठाक र सरल हुन्छ भन्ने छैन । ओलीले एकपछि अर्को जसरी अनैतिक कार्यको शृखंला अगाडि बढाएका छन् । यसप्रति हिजो आन्दोलनरत पक्ष सबै चनाखो रहनुपर्ने हुन्छ,’ उनले भने ।

    प्रवक्ता श्रेष्ठले ओलीले अब जस्तोसुकै कदम चालेपनि त्यसको सामना गरिने समेत बताए । अब नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने बताउँदै श्रेष्ठले भने, ‘मलाई पूरा विश्वास छ, नेपाली कांग्रेस, जसपा लगायतका राजनीतिक दलहरूले कुनै पनि हालतमा ओलीको योजनालाई साथ दिने छैनन् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend