बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डको दुबईको बैंकमा २१ अर्ब पैसा रहेको कुरा के हो ? यसरी खुल्यो रहस्य !

प्रचण्डको दुबईको बैंकमा २१ अर्ब पैसा रहेको कुरा के हो ? यसरी खुल्यो रहस्य !

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १४ २०७७

  • 25.8K
    SHARES

  • प्रचण्डको दुबईको बैंकमा २१ अर्ब पैसा रहेको कुरा के हो ? यसरी खुल्यो रहस्य !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू संयुक्त अरब इमिरेट्स (यूएई) दुबई जाँदा ‘२१ अर्ब लिन गयो’ भन्दै भ्रम फैलाउने काम केपी ओलीले गरेको आरोप लगाएका छन् ।

    शुक्रबार प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले झूट प्रचार गरिएको खुलासा गरे ।

    ‘म पोहोरपरार दुबई गएको थिएँ । भनियो, त्यहाँ २१ अर्ब प्रकाशको नाममा छ रे ! यस्तो झूट कति भनियो, कति प्रचार गरियो ? प्रकाश मरेर गयो प्रकाशको नाममा दुबईको बैंकका २१ अर्ब ? १ पैसा दुनियाँको कुनै बैंकमा छ भनेर देखाइदियो कसैले भने म जस्तोसुकै सजाय भोग्न तयार छु,’ उनले भने ।

    अध्यक्ष प्रचण्डले सांसदको रूपमा एभरेस्ट बैंकमा खाता रहेको र त्यसबाहेक कहीँकतै रकम नभएको दाबी गरेका छन् । ‘अब केपी ओलीसँग छैन, प्रचण्डसँग छ ? कहाँ छ, ल प्रमाणित गरेर देखाइदिए भयो नि !’ प्रचण्डले भने, ‘केपी जस्ताले भन्ने फेरि, जो टुपीदेखि पैंतालासम्म भ्रष्टाचारी हो भन्ने कुरा जनताले देखिसके ।’

    प्रचण्डले आफूलाई विलासी जीवनशैली बिताएको आरोप लगाउनेहरुप्रति गुनासो गरेका छन् । उनले आन्दोलनकै क्रममा आफूले छोराछोरी गुमाउनुपरेको बताए ।

    अन्तर्वार्ताका क्रममा पत्रकार धमलाले प्रचण्डलाई सोधे, ‘तपाईंले माओवादी आन्दोलनमा योगदान दिएकाहरुलाई हेर्नुभएन, विलासी जीवन बिताउनुभयो रे नि !’ 

    जवाफमा प्रचण्डले आफूले यस्तो आरोप बिल्कुल स्वीकार नगर्ने बताए । ‘कतिसम्म भन्न सकेका मान्छेहरूले । म रातदिन खटेको, संविधान बनाउने बेलामा होस्, शान्ति सम्झौता गर्ने बेलामा होस्, सेना समायोजन र हतियार व्यवस्थापन गर्ने बेलामा होस्, म रातदिन दौडेर देशलाई निकास दिनको लागि परेको नदेख्ने । मैले सुट लगाएको चाहिँ देख्ने ?’ प्रचण्डले उल्टै प्रश्न गरे, ‘के भनेको विलासी ? मुरो छोरो मर्‍यो यही आन्दोलनमा दौडिँदा दौडिँदै । छोरी मरी । म विलासी जीवन बाँचेको छु ? मेरो श्रीमतीको हालत कुन अवस्थामा छ ? दुनियालाई थाहा छ नि ! के म विलासी जीवन बाँच्न सक्छु ?’

    अध्यक्ष प्रचण्डले आफ्नो जीवन विकास र समृद्धिमा समर्पित भएको दाबी गरे । ‘मैले भनेको छु, मेरो जीवन विकास र समृद्धिको लागि खर्चिने छु । मलाई यतिसम्म अत्याचारपूर्ण आरोप लगाउने मान्छेहरूको नियत के हो ?’ प्रचण्डले प्रश्न गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend