बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेकपाको अर्काे विवादमा फैसला सुनाइँदै, सर्वाेच्च अदालतले तोक्यो मिति

नेकपाको अर्काे विवादमा फैसला सुनाइँदै, सर्वाेच्च अदालतले तोक्यो मिति

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १३ २०७७

  • 6.1K
    SHARES

  • नेकपाको अर्काे विवादमा फैसला सुनाइँदै, सर्वाेच्च अदालतले तोक्यो मिति

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर छुट्टाछुट्टै कार्यक्रम चलिरहेका बेला सर्वाेच्च अदालतले पार्टीको नामबारे फैसला सुनाउने मिति तोकेको छ ।

    नेकपाको नाम विवादबारे सर्वाेच्च अदालतले फागुन २० गते निर्णय सुनाउने भएको हो ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि नाम विवाद सर्वाेच्च अदालत पुगेको थियो ।

    नेपाल कम्युनिस्ट पार्टी दर्ता हुँदाहुँदै सोही नामको अर्को दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध ऋषिराम कट्टेलले सर्वाेच्चमा रिट दिएका थिए । रिटमाथि बिहीबार बहस सकिएपछि अदालतले फागुन २० गते निर्णय सुनाउने जनाएको छ ।

    बिहीवार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएपछि निर्णय सुनाउने आदेश भएको छ ।

    नेकपाभित्र आन्तरिक विवाद चर्किएर राजनीतिक रूपमा फुटको अवस्थामा पुगेका बेला सर्वाेच्चबाट नामबारे फैसला आउन लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend