काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले बिहीवारका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित गर्ने निर्णय गरेको छ ।
बुधबारदेखि सुरू भएको बैठक बिहीबार बिहान बस्ने गरी निर्धारण गरिएको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित गर्ने निर्णय भएको छ ।
बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । तर बिहीबारको बैठक स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ ।
हिजो बुधबारको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, विष्णु रिमाल लगायतको उपस्थिति रहेको थियो ।
बैठकले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला अनपेक्षित भए पनि स्वागत गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले राजीनामा दिने कि नदिने भन्ने विषयमा दलहरूसँग परामर्श गर्ने लगायतका विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।