बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डलाई ठूलो धक्का लाग्ने गरी उथलपुथल, जिल्ला अध्यक्ष नै केपी ओलीको अभियानमा

प्रचण्डलाई ठूलो धक्का लाग्ने गरी उथलपुथल, जिल्ला अध्यक्ष नै केपी ओलीको अभियानमा

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 4.7K
    SHARES

  • प्रचण्डलाई ठूलो धक्का लाग्ने गरी उथलपुथल, जिल्ला अध्यक्ष नै केपी ओलीको अभियानमा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बनाएका जिल्ला अध्यक्ष नै प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठूलो धक्का लागेको छ ।

    प्रचण्ड–नेपाल पक्षले डोल्पा जिल्ला अध्यक्ष बनाएका दत्तबहादुर रोकायाले आफू केपी ओली पक्षमा रहेको बताउँदै प्रचण्ड पक्षको अध्यक्ष पद लिन अस्वीकार गरेका छन् ।
     
    रोकायाले आफूलाई जानकारी नै नदिई, एक वचन नसोधेरै अध्यक्ष बनाइएको जनाउँदै समाचारबाट अध्यक्ष बनाएको थाहा पाएको बताए । रोकायाले आपत्ति जनाउँदै आफू ओली समूहको चुनावी अभियानमा रहेको समेत स्पष्ट पारेका छन् ।

    रोकायाले प्रेस विज्ञप्ति जारी गरी आफ्नो नाम अर्को समूहको अध्यक्षमा राखिएकोमा असहमति व्यक्त गरेका छन् ।

    यसअघि प्रचण्ड–नेपाल पक्षका नेता हिमाल शर्माले काठमाडौं जिल्ला कमिटीको सचिवको जिम्मेवारी लिन समेत अस्वीकार गरेका छन् । शर्माले पार्टी मिलाउँदा आफू सचिव पदमा भएको तर अहिलेको परिस्थिति फरक भएको भन्दै सचिवको जिम्मेवारी अस्वीकार गरेका हुन् ।

    शर्मा तत्कालीन माओवादी केन्द्रको काठमाडौं जिल्ला कमिटी अध्यक्ष रहेका थिए । पार्टी एकतापछि शर्माले सचिवको जिम्मेवारी सम्हालिरहेका थिए ।

    यस्तै, भोजपुरका जिल्ला सचिव विमल खड्काले समेत सचिव पदमा बस्न अस्वीकार गरेका छन् । खड्काले अध्यक्ष नपाएपछि सचिव पद अस्वीकार गरेका जनाइएको छ ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले साविक एमालेका शरणकुमार राईलाई अध्यक्ष बनाएर खड्कालाई सचिवमै कायम राखेको छ । खड्काले फेसबुकमार्फत आफू सचिवमा नरहने भन्दै अर्को व्यक्ति सचिव बन्ने जनाएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend