काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएका बेला प्रचण्ड–नेपाल पक्षले पार्टीको आधिकारिकता र चुनाव चिह्न सूर्यमा दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
प्रचण्ड–नेपाल पक्षले दिएको निवेदनमाथि आयोगले निर्णय लिइसकेको छैन । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निर्वाचन आयोगले नेकपाको आधिकारिक पक्ष आफूहरू भएको संकेत दिइसकेको दाबी गरेका छन् । मन्त्री ज्ञवाली ओली पक्षीय नेता हुन् ।
गुल्मी जिल्लामा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले निर्वाचन आयोगले दलको आधिकारिताबारे अब केही भनिरहनु नपर्ने टिप्पणी गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले संसदभन्दा सरकार स्थिर हुनुपर्ने भन्दै ६–६ महिनामा सरकार परिवर्तन गरेर स्थिर संसदको काम नहुने तर्क गरे । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले हिंसाभन्दा शान्ति र समृद्धि खोजेकाले विप्लव समूहसँग वार्ता गर्न सकारात्मक भएको बताएका छन् ।
ज्ञवालीले धेरै समयसम्म विप्लवसँग वार्ताका लागि सरकारले कसरत गरेको भन्दै अहिले आफैं वार्तामा आउन खोजेकाले सरकारले कुनै शर्त नराखेको समेत स्पष्ट पारे ।
ज्ञवालीले मुलुक ताजा जनादेशमा गएकोकाले फर्केर हेर्ने कुनै ठाउँ र अवस्था नरहेको समेत जिकिर गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।