बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

केपी ओलीलाई सुनाउने गरी ‘निर्मला पन्तको बलात्कारी खै ?’ भन्ने ६ अधिकारकर्मीहरू पक्राउ

केपी ओलीलाई सुनाउने गरी ‘निर्मला पन्तको बलात्कारी खै ?’ भन्ने ६ अधिकारकर्मीहरू पक्राउ

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १० २०७७

  • 8.1K
    SHARES

  • केपी ओलीलाई सुनाउने गरी ‘निर्मला पन्तको बलात्कारी खै ?’ भन्ने ६ अधिकारकर्मीहरू पक्राउ

    काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको न्यायका लागि प्रदर्शनमा उत्रिएका ६ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर आएका बेला न्याय माग्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मी महिलाहरूलाई प्रहरीले पक्राउ गरेको हो । ओली कार्यक्रम सकेर फर्किएपछि पक्राउ परेको ६ घण्टापछि अधिकारकर्मीहरूलाई छाडिएको छ ।

    ओलीले वेदकोट नगरपालिकामा पर्ने दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न जाने क्रममा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टी–शर्ट लगाएका अधिकारकर्मीलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा दिएको हो ।

    प्रदर्शनमा उत्रिएका अधिकारर्मीहरु शारदा चन्द, मीना भण्डारी, लक्ष्मी मल्ल, निर्मला जोशी, आनन्दी राना र खडक विष्टलाई इलाका प्रहरी कार्यालय झलारीले दिउँसो पक्राउ गरेको थियो । अधिकारकर्मीहरुलाई साँझ ६ बजेपछि रिहा गरिएको प्रहरीले जनाएको छ । 

    निर्मलाको बलात्कारपछि हत्या गरेको ३ वर्ष पुग्दा समेत हत्यारा पत्ता नलगाएको अवस्थामा न्यायका लागि टी–शर्ट लगाएर कुनै पनि गलत क्रियाकलाप नगरेको अधिकारकर्मीको दाबी रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend