काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीबाट छुट्टिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच पदीय भागबण्डामा सहमति जुटेको छ ।
ओलीबाट छुट्टै हिँडेको २ महिनापछि नेकपा प्रचण्ड–नेपाल पक्षले संगठनात्मक एकता सम्बन्धी ८ बुँदे मापदण्ड एवं आधार तयार पारेको छ ।
नयाँ मापदण्ड अनुसार पूर्व एमाले र पूर्व माओवादीमध्ये जुन पक्षबाट पद रिक्त रहेको छ, सोही पक्षबाट नयाँ नियुक्त गर्ने मापदण्ड बनाइएको छ । यसरी पूर्व एमालेबाट महासचिव बनेका विष्णु पौडेल ओली पक्षतिर लागेपछि अब नयाँ महासचिव पूर्व एमाले पक्षबाटै बन्ने तय भएको छ ।
अध्यक्षद्वय प्रचण्ड र नेपालको संयुक्त हस्ताक्षर गर्दै फागुन ७ गते जारी परिपत्र (पार्टी कमिटी एवं जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधार) मा यथाशीघ्र एकताका काम सक्न निर्देशन दिइएको छ ।
नेकपा विभाजनपछि ओली पक्षमा लागेका नेताका कारण कतिपय पद रिक्त रहेका छन् । यसअघि प्रचण्ड–नेपाल पक्षले पार्टी विभाजनलगत्तै प्रदेश इन्चार्ज तोकिसकेको छ ।
पुस २० गते बसेको स्थायी कमिटी बैठकले एकीकरण सम्बन्धी बाँकी काम र नेताहरुको कार्यविभाजन सम्बन्धी मापदण्ड बनाउन अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले माघ १ गतेको स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गरेको थियो । बैठकले प्रतिवेदनलाई टुंगो लगाउन सचिवालयलाई जिम्मा दिएको थियो ।
कार्यदलमा अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, भीम रावल, वेदुराम भुसाल, मात्रिका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत रहेका थिए ।
पढ्नुहोस् पद बाँडफाँडको नयाँ मापदण्ड –
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।