काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिवार रुकुम पश्चिमस्थित नेकपा पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।
अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य ओमप्रसाद आचार्यले सदरमुकाम खलंगास्थित बागबजारको मदन आश्रित भनवमा तालाबन्दी गरिएको जानकारी दिए ।
‘हाम्रो पूर्व एमाले पार्टीका नेता, युवा र विद्यार्थी संगठन मिलेर हामीले दिउँसो तालाबन्दी गरेका हौं,’ आचार्यले भने, ‘अब पार्टीको विवाद छिनोफानो नहुँदासम्म ताला खोल्दैनौं ।’
आचार्यले जिल्लामा पूर्व एमाले अन्तर्गत सम्पूर्ण जिल्ला कमिटी ओली पक्षकै बहुमत रहेको हुँदा आफ्नो पार्टी कार्यालयको सुरक्षाको लागि तालाबन्दी गरिएको बताएका छन् ।
‘पार्टी कार्यालयको नाम नै पूर्व एमाले नेता मदन–आश्रितको नामबाट नामाकरण गरिएको छ,’ आचार्यले भने ।
तालाबन्दीका क्रममा तनावको वातावरण भएपछि प्रहरी समेत आएको आचार्यले बताए । आचार्यले शनिवार नै जिल्ला कमिटी विस्तार गरिएको तथा जिल्ला अध्यक्ष चयन गरिएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।