काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षमा ठूलो पहिरो गएको छ ।
प्रचण्ड पक्षमा लागेका पूर्वमन्त्री शेरबहादुर तामाङ पत्नी उषाकला राईसहित शनिबार ओली पक्षमा प्रवेश गरेका छन् ।
नेकपा विभाजन हुँदा सुरूमा ओली पक्षमा लागेपनि तामाङ दम्पती पछि प्रचण्ड पक्षमा लागेका थिए । सिन्धुपाल्चोकका प्रभावशाली नेता मानिएका दुवै जना फेरि आली पक्षमा लागेका हुन् ।
तामाङ विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य रहेका छन् । उषाकला राई १ नम्बर प्रदेशको प्रदेशसभा सदस्य रहेकी छन् । शेरबहादुर र उषाकला दम्पती शनिबारै केपी ओली पक्षमा लागेको घोषणा गर्दैछन् ।
नेकपा विभाजन हुँदा तामाङ १ दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर त्यसपछि प्रचण्ड–नेपाल पक्षमा लागेका थिए ।
‘प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिँड्न सकिएन, त्यसैले हामी अब संस्थापन नेकपामा नै छौं,’ तामाङले भने ।
आज शनिबारै विराटनगरमा आयोजना हुने आमसभाबाट उषाकलाले ओली पक्षमा लागेको घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।