बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्डको निर्देशनले नेकपामा सन्नाटा ! ‘जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने हुन्छ’

प्रचण्डको निर्देशनले नेकपामा सन्नाटा ! ‘जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने हुन्छ’

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 6.8K
    SHARES

  • प्रचण्डको निर्देशनले नेकपामा सन्नाटा ! ‘जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने हुन्छ’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सबै केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

    शुक्रवार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

    जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने हुन्छ, तपाईंहरू तयारी अवस्थामा रहनुहोला’ भनेर अध्यक्षद्वयले निर्देशन दिएपछि बैठकमा सन्नाटा छाएको थियो ।

    बैठकमा अध्यक्षद्वय प्रचण्ड र नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । प्रतिनिधिसभा संसद् विघटनविरुद्ध पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा जानकारी गराएका छन् ।

    बैठकमा प्रचण्ड, नेपाल र श्रेष्ठले संसद् विघटन विरुद्धको आन्दोलनलाई बलियो समर्थन मिल्दै गएको निष्कर्ष समेत सुनाएका छन् । 

    बिहीबार सबै केन्द्रीय सदस्यलाई खबर गर्दै प्रचण्ड पक्षले नागरिकतासहित पेरिसडाडाँमा उपस्थित हुन निर्देशन दिएको थियो । बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर समेत गरेका छन् ।

    सर्वाेच्च अदालतको फैसला आउनै लागेको र निर्वाचन आयोगले आधिकारिकताबारे निर्णय लिने तयारी गरिरहेका बेला प्रचण्ड–नेपालले यस्तो निर्देशन दिनुलाई गम्भीर अर्थमा लिइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend