काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बोलाएको हो ।
यसअघि प्रचण्ड–नेपाल पक्षले आफ्ना सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आउन निर्देशन दिएको थियो ।
पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाएको नेकपाका नेताहरूले जनाएका छन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर बैैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रूपमा विभाजित नेकपाले कानूनी मान्यता पाइसकेको छैन ।
कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–नेपाल पक्षले नेकपाको आधिकारिकता र सूर्य चिह्न दावी गरे पनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।
प्रचण्ड–नेपाल पक्ष प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालत समेत पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।