बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नागरिकता बोकेर निर्वाचन आयोग घेर्ने प्रचण्ड नेकपाको तयारी, पेरिसडाँडामा आकस्मिक बोलावट

नागरिकता बोकेर निर्वाचन आयोग घेर्ने प्रचण्ड नेकपाको तयारी, पेरिसडाँडामा आकस्मिक बोलावट

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 4.5K
    SHARES

  • नागरिकता बोकेर निर्वाचन आयोग घेर्ने प्रचण्ड नेकपाको तयारी, पेरिसडाँडामा आकस्मिक बोलावट

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज शुक्रबार मध्याह्न १२ बजे केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी कार्यालय पेरिसडाँडामा आकस्मिक बोलावट गरेको छ ।

    नागरिकताको प्रतिलिपि बोकेर पार्टी कार्यालय आउन आकस्मिक निर्देशन आएपछि उपत्यकाबाहिर रहेका केन्द्रीय कमिटीका सदस्यहरु काठमाडौं आउँदैछन् ।

    शुक्रवार १२ बजे उपस्थित हुन खबर गरिएकाले बर्दियाबाट काठमाडौं आउन लागेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । ‘केन्द्रीय कार्यालयमा आउनुपर्‍यो भनेर खबर गरिएकाले काठमाडौं आउँदैछु,’ गैरेले भने, ‘प्रयोजन खुलाइएको छैन ।’

    नेकपा स्रोतका अनुसार निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल पक्षले बहुमत सदस्यहरु आयोगमा नागरिकतासहित उपस्थित गराउने तयारी गरेको छ । आयोगमा केन्द्रीय सदस्यहरू भेला भएर घेर्ने तयारी छ ।

    आयोगले आधिकारिकता दिन आलटाल गरेपछि बहुमतसिद्ध गर्न खोजिएको छ । ‘हामीले नागरिकताको प्रतिलिपि बुझाउन लागेका हौं । केन्द्रीय सदस्यहरु उपस्थित हुनुपर्छ कि पत्र बुझाए पनि हुन्छ, आयोगले जे भन्छ, त्यहीअनुसार गर्छौं,’ एक केन्द्रीय सदस्यले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend