बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

राष्ट्रपति विद्या भण्डारीविरुद्ध खुलेरै बोले उपराष्ट्रपति पुन, शक्तिसंघर्ष छताछुल्ल !

राष्ट्रपति विद्या भण्डारीविरुद्ध खुलेरै बोले उपराष्ट्रपति पुन, शक्तिसंघर्ष छताछुल्ल !

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ५ २०७७

  • 8.4K
    SHARES

  • राष्ट्रपति विद्या भण्डारीविरुद्ध खुलेरै बोले उपराष्ट्रपति पुन, शक्तिसंघर्ष छताछुल्ल !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनका क्रममा संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरिएको टिप्पणी उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका छन् ।

    आज बुधवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई दुर्घटनातिर धकेल्न खोजेको गम्भीर आरोप लगाए ।

    ‘देश यतिबेला राजनीतिक संकटको भूमरीमा छ । प्रतिनिधिसभा विघटन गरिएको छ र यसको विरुद्धमा प्रदर्शन भइरहेको छ,’ उपराष्ट्रपति पुनले भने, ‘पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, संविधानविद्, नागरिक, पत्रकार र सबै राजनीतिक दलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेका छन् । यो राम्रो संकेत होइन ।’

    राष्ट्रपति भण्डारीले संसद विघटन अनुमोदन गरेको बेला उपराष्ट्रपति पुनबाट यस्तो अभिव्यक्ति आउनुलाई शक्तिसंघर्षको रूपमा हेरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षमा विभाजित भएका बेला राष्ट्रपति भण्डारी ओली पक्षीय र उपराष्ट्रपति पुन प्रचण्ड पक्षीय मानिन्छन् ।

    यसअघि उपराष्ट्रपति पुनले संसद विघटनविरुद्ध खुलेर अभिव्यक्ति दिएका थिएनन् । उपराष्ट्रपति कार्यालयमा प्रचण्ड र डा. बाबुराम भट्टराईबीच गोप्य कुराकानी भएको समाचार बाहिर आएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend