बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओली पक्षलाई ठूलो धक्का, यी कट्टर इन्चार्ज नै प्रचण्डतिर प्रवेश

केपी ओली पक्षलाई ठूलो धक्का, यी कट्टर इन्चार्ज नै प्रचण्डतिर प्रवेश

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 24.0K
    SHARES

  • केपी ओली पक्षलाई ठूलो धक्का, यी कट्टर इन्चार्ज नै प्रचण्डतिर प्रवेश

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर नेता कार्यकर्ता दुवै पक्षतिर छुट्टिएर यताउता जाने क्रम चलिरहेको छ ।

    शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई ठूलो धक्का लाग्ने गरी राष्ट्रिय युवा संघ नेपाल गुल्मीका जिल्ला इन्चार्ज हिमाल थापा नै प्रचण्ड–नेपाल पक्षतिर लागेका छन् ।

    प्रभावशाली नेता समेत रहेका इन्चार्ज थापाले फेसबुक स्ट्याटसमार्फत् आफू ओली पक्ष परित्याग गरेर प्रचण्ड–नेपाल पक्षमा सक्रिय सहभागी हुने घोषणा गरेका छन् ।

    गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लीकोट घर भएका नेता थापा २०६२/०६३ को आन्दोलनताकादेखि नै ओली पक्षका कट्टर कार्यकर्ता रहेका थिए ।

    थापाले लेखेका छन्, ‘म २०६२/०६३ को जनआन्दोलनमा डीसीएम (जिल्ला कमिटी सदस्य) भएदेखि अहिलेसम्म केपी ओलीको कट्टर कार्यकर्ता नै थिएँ तर अहिले उहाँको तानाशाही प्रवृत्तिदेखि वाक्क भएर ओली समूह परित्याग गरी प्रचण्ड नेपाल समूहमा आएको हुँ ।’

    राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीका सचिवालय सदस्य समेत रहेका नेता थापाले वामपन्थी आन्दोलनको रक्षार्थ प्रचण्ड–नेपाल पक्षको विकल्प नरहेको तर्क समेत गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend