बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेकपा नेता झलनाथ खनाल अस्पताल भर्ना

नेकपा नेता झलनाथ खनाल अस्पताल भर्ना

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 8.5K
    SHARES

  • नेकपा नेता झलनाथ खनाल अस्पताल भर्ना

    काठमाडौं – पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका छन् ।

    नेता खनाल नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शुक्रवार बिहान भारतको दिल्ली गएका हुन् ।

    खनाल उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित रहेका जनाइएको छ ।

    खनाललाई  एपोलो अस्पतालमा राखिएको भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट समेत गरेका छन् ।

    राजदूत आचार्यले शीघ्र पूर्ण स्वास्थ्य लाभको शुभकामना समेत गरेका छन् । नेता खनाल पत्नीसहित शुक्रबारै दिल्ली गएका हुन् । 

    jhalnath2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend