बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली र प्रचण्डको चन्दा आतंकले उद्योगी–व्यवसायी हैरान, भीडभाड जुटाउन करोडौं उठाउँछन् 

ओली र प्रचण्डको चन्दा आतंकले उद्योगी–व्यवसायी हैरान, भीडभाड जुटाउन करोडौं उठाउँछन् 

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 5.5K
    SHARES

  • ओली र प्रचण्डको चन्दा आतंकले उद्योगी–व्यवसायी हैरान, भीडभाड जुटाउन करोडौं उठाउँछन् 

    काठमाडौं – कोरोना भाइरस संक्रमण महामारीको असरबाट तंग्रिने प्रयासमै रहेका बेला निजी क्षेत्रमाथि चन्दाको दबाब थपिएको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरि प्रदर्शनका लागि चन्दा दिन निजी क्षेत्रका उद्योगी–व्यवसायी बाध्य भएका छन् ।

    सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजी क्षेत्र थप मारमा परेको उद्यमीहरुले जनाएका छन् । दुबै पक्षले आ–आफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी व्यवसायीसँग चन्दा उठाउन थालेपछि उद्योगी व्यवसायी सकसमा परेका छन् ।

    संघीय राजधानी काठमाडौंमा प्रतिस्पर्धात्मक शैलीमा भएका प्रदर्शनमा जिल्ला–जिल्लाबाट सहभागी पुर्‍याउने नाममा चन्दा उठाइएको छ ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएयता राजनीतिक अन्योल बढेको छ । सत्तासिन नेकपाकै प्रचण्ड–माधव पक्ष सडक आन्दोलनमा छ ।

    अन्य विपक्षी दलहरुले पनि प्रधानमन्त्री ओलीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । ओली समूह समर्थकले प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेका छन् ।

    मुख्य औद्योगिक प्रतिष्ठानहरु रहेको वीरगञ्ज–पथलैया कोरिडोरका उद्योग र प्रतिष्ठानका कार्यालयमा सत्तासिन राजनीतिक दलका पक्षले प्रतिस्पर्धात्मक रुपमा चन्दा उठाइरहेको एक उद्योगीले बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–नेपाल दुबै पक्षले उद्यमी व्यवसायीसँग चन्दा मागेका हुन् ।

    दुबै नेकपाका स्थानीय नेताले आन्दोलनमा सहभागिता जुटाउने नाममा व्यवसायीलाई सहयोगका लागि दबाब दिएका छन् । प्रचण्ड–नेपाल पक्ष र ओली पक्षले संघीय राजधानीमा गरेको प्रदर्शनमा सहभागिता जुटाउन भन्दै नेताहरुले चन्दा उठाएका हुन् । आजको आर्थिक अभियान दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend