बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतले निःशुल्क दिएको खोप सबै सरकारी, बैंक कर्मचारी र जनप्रतिनिधिलाई लगाइँदै

भारतले निःशुल्क दिएको खोप सबै सरकारी, बैंक कर्मचारी र जनप्रतिनिधिलाई लगाइँदै

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 5.1K
    SHARES

  • भारतले निःशुल्क दिएको खोप सबै सरकारी, बैंक कर्मचारी र जनप्रतिनिधिलाई लगाइँदै

    काठमाडौं – कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीब्रता दिएको छ ।

    भारत सरकारले १० लाख डोज खोप निःशुल्क उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन गर्दै आएको छ ।

    अभियानअन्तर्गत अब कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाइने भएको छ । यसअघि फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई खोप लगाइसकिएको छ ।

    अब कर्मचारी, जनप्रतिनिधि, एम्बुलेन्स र शववाहक चालक लगायतलाई खोप लगाउन लागिएको छ । हालसम्म १ लाख ८४ हजार फ्रन्टलाइनरले खोप लगाइसकेका छन् ।

    पहिलो मात्रा स्वरूप ४ लाख ३० हजार जनालाई खोप लगाउने लक्ष्य तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    फागुन २–८ गतेसम्म कोरोनाविरुद्ध खोप अभियानलाई तीब्रता दिइने भएको छ । जसमा सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाइने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाइने बताए । स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ ।

    खोप लगाउन जाँदा सबैले आ–आफ्नो कार्यालयको परिचयपत्र साथमा लिएर जान समेत स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोभिड–१९ विरुद्धको खोप दिने योजना अघि सारेको सरकारले केही दिनमै भारतबाट अनुमानित २० लाख डोज ल्याउने तयारी गरिरहेको छ ।

    सरकारले कोरोना संक्रमण पहिचानका लागि पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशालामा १ हजार रुपैयाँ निर्धारण गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको सम्बन्धमा बिहीवार बसेको आईसीएसको बैठकले शुल्कबारे निर्णय गरेको हो ।

    यसअघि कोरोना परीक्षणको शुल्क २ हजार रुपैयाँ रहेको थियो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend