बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

फेरि १४ वर्षीया बालिकामाथि अर्काे बलात्कार, ओली शासनमा बढ्यो त्रास

फेरि १४ वर्षीया बालिकामाथि अर्काे बलात्कार, ओली शासनमा बढ्यो त्रास

  • मिडिया डबली
  • बिहिवार, माघ २९ २०७७

  • 5.6K
    SHARES

  • फेरि १४ वर्षीया बालिकामाथि अर्काे बलात्कार, ओली शासनमा बढ्यो त्रास
    सांकेतिक तस्बिर

    मोरङ – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिसुरक्षा दिन नसकेपछि राति शौच गर्न निस्केकी मोरङको जहदा गाउँपालिका–१ की १४ वर्षीया बालिकालाई २ युवकले अपहरण गरी बलात्कार गरेका छन् ।  

    आफन्तका अनुसार सोमवार राति साढे ९ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी बालिकालाई २ युवकले अपहरणको शैलीमा मोटरसाइकलमा राखी लगेका हुन् ।

    अपहरणकारीले २ घण्टापछि बालिकालाई उनकै घरनजिक ल्याएर छाडेर भागेका थिए । युवकले को२२प १८१६ नम्बर मोटरसाइकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

    ‘म शौच गर्न बाहिर निस्किएको समयमा जबरजस्ती मोटरसाइकलमा राखेर लगे,’ पीडित बालिकाले भनिन्, ‘सडकमा २ जना केटाहरु बसेका रहेछन्, मैले देखिनँ । एक्लै भएको मौका पारेर उनीहरुले जबरजस्ती मेरो मुख थुनेर बाइकमा बसाएर लगे । चिच्याउन लाग्दा मुखमा सल कोचे ।’

    घरदेखि धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर मार्ने धम्की दिई आफूलाई जबरजस्ती गरेको ती बालिकाले बताइन् ।

    त्यस समयमा दुबै जनाले एकअर्काको नाम लिँदा याद गरेको बताउँदै बालिकाले भनिन्, ‘दीपेश यादव र अजय धोबियाले जबरजस्ती गरेपछि घरनजिकै ल्याएर छाडी भागे ।’

    अपहरण गरेर मोटरसाइकलमा राख्दै घरदेखि लगभग डेढ किलोमिटर पर लगेर बलात्कार गरेको खुलेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकदर्शन थापाले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend