बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली–प्रचण्ड मिलेर चुनाव लड्दा पनि कम्युनिस्टको लज्जास्पद हार, कांग्रेसको सानदार जीत

ओली–प्रचण्ड मिलेर चुनाव लड्दा पनि कम्युनिस्टको लज्जास्पद हार, कांग्रेसको सानदार जीत

  • मिडिया डबली
  • बुधवार, माघ २८ २०७७

  • 19.2K
    SHARES

  • ओली–प्रचण्ड मिलेर चुनाव लड्दा पनि कम्युनिस्टको लज्जास्पद हार, कांग्रेसको सानदार जीत

    काठमाडौं – केन्द्रीय राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विभाजित भएर एकअर्काविरुद्ध उत्रिएका छन् । तर पेशागत संघसंस्थाको निर्वाचन ओली–प्रचण्ड एकै भएर लड्दा समेत पराजित हुनुभएको छ ।

    लुम्बिनी प्रदेशको कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलले सानदार जीत हात पारेको छ भने कम्युनिस्ट निकट प्यानल पराजित भएको छ ।

    संघको अध्यक्षमा डोलकराम घिमिरे निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट साझा उम्मेदवार टोपनारायण बेलबासे ५० मतले पछाडि पार्दै घिमिरे विजय भएका हुन् । घिमिरेले ७६९ मत ल्याउँदा बेल्बासेले ७१९ मत मात्रै ल्याएका छन् । वरिष्ठ उपाध्यक्षमा छवि रेग्मी मगर ७५७ मत ल्याए विजयी भएका छन् भने उनका निकट प्रतिस्पर्थी लक्ष्मण अधिकारीले ६८० मत मात्रै पाएका छन् ।

    संघको उद्योग उपाध्यक्षतर्फ तुलसीराम घिमिरे विजय भएका छन् । घिमिरेले ७५२ मत पाएका छन् भने प्रतिस्पर्धी कृष्ण सापकोटाले ६९९ मत मात्रै पाएका छन् । 

    वाणिज्य उपाध्यक्षतर्फ ७९६ मत ल्याएर खुमानन्द घिमिरे विजय भएका छन् भने प्रतिस्पर्धी कृष्णप्रसाद गैरेको ६४६ मत मात्रै पाएका छन् ।

    महासचिवमा मनोज पौडेल ८१० मत ल्याएर विजय भएका छन् भने प्रतिस्पर्धी कुशल पौडेलले ६३२ मत मात्रै पाएका छन् । कोषाध्यक्षमा विनोदकुमार पन्थ ७८४ मत ल्याएर विजय भएका छन् भने प्रतिस्पर्धी मनोहर योगीको ६५५ मत मात्रै ल्याएका छन् ।

    सचिवमा कोपिल पौडेल ७२४ मत ल्याएर विजय भएका छन् भने प्रतिस्पर्धी शंकरप्रसाद न्यौपानेको ६९९ मत ल्याएका छन् । सहकोषाध्यक्षमा ७६४ मत ल्याएर यमबहादुर केसी विजयी भएका छन् ।

    नवनिर्वाचित अध्यक्ष डोलकराम घिमिरेले मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै उद्योग वाणिज्य संघको हकहितका लागि निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    कम्युनिस्टहरू सर्वत्र बदनाम भइरहेको बेला वाणिज्य संघको निर्वाचनमा समेत पराजित भएका छन् । नेपाली कांग्रेसप्रति आकर्षण बढिरहेका बेला लोकतान्त्रिक प्यानलले सानदार जीत हात पारेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend