बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

यी २४ नेतालाई प्रचण्ड नेकपाको विशेष जिम्मेवारी, कृष्णबहादुर महरा अग्रपंक्तिमा !

यी २४ नेतालाई प्रचण्ड नेकपाको विशेष जिम्मेवारी, कृष्णबहादुर महरा अग्रपंक्तिमा !

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 52.4K
    SHARES

  • यी २४ नेतालाई प्रचण्ड नेकपाको विशेष जिम्मेवारी, कृष्णबहादुर महरा अग्रपंक्तिमा !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध लगातार आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले माघ २८ गते बुधवार काठमाडौमा गर्ने बृहत् प्रदर्शनका लागि २४ नेताहरूलाई विशेष जिम्मेवारी तोकेको छ ।

    नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार माघ २८ गते काठमाडौंका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी गरिएको छ ।

    जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरूलाई जिम्मेवारी तोकिएको छ, जसको अग्रपंक्तिमा पूर्व सभामुख कृष्णबहादुर महरा रहेका छन् ।

    जुलुस निस्किने स्थानहरूमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमल तोकिएका छन् ।

    पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेताहरू प्रमेश हमाल तथा संघ र प्रदेशका सांसदहरूले गर्ने गरी तोकिएको छ ।

    त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ लगायत केन्द्रीय कमिटी सदस्यहरूले गर्ने जनाइएको छ । टोलीमा सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरू समेत रहने भएका छन् ।

    माइतीघरबाट निस्कने जुलुसमा नेताहरू अमृतकुमार बोहरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्यहरू, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरु सहभागी हुनेछन् ।

    नेताहरू देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरू, संघ तथा प्रदेशका सांसदले केशरमहलबाट निस्कने जुलुको नेतृत्व गर्ने जनाइएको छ ।

    जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरू, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यले समन्वय गर्ने केन्द्रीय संघर्ष समितिले जानकारी दिएको छ ।

    कार्यक्रमको मूल जुलुस सुन्धाराबाट सुरू हुनेछ । सबैतिरका जुलुस मूल जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै प्रदर्शनी मार्ग पुगेर जुलुस सभामा परिणत हुने जनाइएको छ ।

    ncppn.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend