काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जनतालाई शान्तिसुरक्षा दिन असफल भएको छ ।
बैतडीमा भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ ।
महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आईतवार राति घरभित्रै हत्या भएको छ ।
प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार गरिएको छ । जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) गौतम मिश्रले बताएका छन् ।
आईतवार साँझ उनका पति खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा पत्नीलाई मृत अवस्थामा फेला पारेको जानकारी उनले प्रहरीलाई दिएका छन् ।
कुशवाह परिवारमा ३ छोरा र १ छोरी भए पनि सबै जना अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।