बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले गर्‍यो कार्यविभाजनको यस्तो निर्णय

केपी ओलीलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले गर्‍यो कार्यविभाजनको यस्तो निर्णय

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 6.2K
    SHARES

  • केपी ओलीलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले गर्‍यो कार्यविभाजनको यस्तो निर्णय

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको विवाद निरुपण गर्ने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।

    हालै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्बाट सिफारिस भई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका आयुक्त भण्डारीले दल विवादको जिम्मेवारी पाएपछि ओलीलाई फाइदा पुग्ने विश्लेषण हुन थालेको छ । भण्डारी ओलीकै कृपाले आयुक्त बनेका हुन् ।

    माघ २१ गते पद तथा गोपनीयताको शपथ लिएका आयुक्त भण्डारीलाई राजनीतिक दल तथ दल विभाजन सम्बन्धी जिम्मेवारी दिने गरी निर्वाचन आयोगमा कार्यविभाजनको निर्णय भएको छ । उता भण्डारी लगायत संवैधानिक आयोगका पदाधिकारी नियुक्तिको विषयमा विवादित बनेर सर्वाेच्च अदालतसम्म पुगेको छ ।

    गत शुक्रवार दल विवाद हेर्ने जिम्मेवारी पाएका वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारीले नेकपाको विवाद सम्बन्धी कागजपत्र अध्ययन गरिरहेका आयोग स्रोतले जनाएको छ । पछिल्लो पटक माधव–प्रचण्ड समूहले पठाएको १९ पृष्ठको पत्र भण्डारीले पढेका छन् भने भण्डारीलाई आयोगको कानून शाखाले सहयोग गरिरहेको छ ।

    भण्डारीले नियमित प्रक्रिया अन्तर्गत दल विवाद हेर्ने जिम्मेवारी पाएको निर्वाचन आयोग स्रोतले जनाएको छ । विगतमा ३ जना आयुक्तले गर्दै आएको काम कानून अनुसार ५ जनालाई बाँडफाँड गरिएको छ । भण्डारी कानूनी पृष्ठभूमिका भएका कारण दल विभाजन सम्बन्धी जिम्मेवारी उनलाई दिइएको स्रोतले जनाएको छ ।

    विवादको फाइल अध्ययन भण्डारीले गरेपनि अन्तिम निर्णय आयुक्तहरुले सामूहिक रूपमा नै गर्ने जनाइएको छ । निर्णय प्रक्रियामा मत बाझिने अवस्था आउँदा बहुमतले निर्णय गर्ने र बराबरी मत हुँदा प्रमुख निर्वाचन आयुक्तले भोट दिने प्रावधान रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend