बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सिंहदरबार गेटबाटै विद्यार्थीको चेतावनी : ‘मन्त्रीले सरकारी गाडी चढे तोडफोड गर्छौं’

सिंहदरबार गेटबाटै विद्यार्थीको चेतावनी : ‘मन्त्रीले सरकारी गाडी चढे तोडफोड गर्छौं’

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 5.9K
    SHARES

  • सिंहदरबार गेटबाटै विद्यार्थीको चेतावनी : ‘मन्त्रीले सरकारी गाडी चढे तोडफोड गर्छौं’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियुले मन्त्रीहरूले सरकारी गाडी चढेमा तोडफोड गर्ने चेतावनी दिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउन सिंहदरबार अगाडि पुगेका विद्यार्थीले सरकारलाई चेतावनी दिएका हुन् ।

    विरोधपत्र बुझाउन प्रधानमन्त्री ओलीले समय नदिएपछि अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले सिंहदरबार अगाडि आयोजित धर्नापछि विरोधपत्र सार्वजनिक गरेका छन् ।

    सहसंयोजक तामाङले प्रतिनिधिसभा असंवैधानिक भएको र त्यसपछि प्रधानमन्त्रीले चालेका हरेक कदम असंवैधानिक भएको भन्दै विरोधपत्र बुझाउने तयारी गर्दा समय नपाएकाले विरोधपत्र सार्वजनिक गर्नुपरेको बताएका छन् ।

    विरोध पत्रमा प्रधानमन्त्रीले भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई संरक्षण गरेको भन्दै आपत्ति प्रकट गरिएको छ ।

    ‘जनतामा जतासुकै काला बादलहरू मडारिएका छन् । यतिबेला देश रोइरहेको छ, तपाई विभिन्न खाले प्रहसन देखाउन मस्त हुनुहुन्छ । तपाईंले भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्नुभयो । तर भ्रष्टाचारमा चुर्लुम्म डुबेर गनाएर बदनाम भएका पात्रलाई निरन्तर संरक्षण गरिरहनुभयो,’ विरोध पत्रमा उल्लेख छ, ‘यती प्रकरण, बालुवाटार जग्गा प्रकरण, वाइडबढी प्रकरण आदि सबैमा तपाईंको प्रस्ट देखिने गरीको संरक्षकत्व रह्यो ।’  

    विरोधपत्र सार्वजनिक गर्दै तामाङले आफ्नो भोटबाट प्रधानमन्त्री बनेका ओलीले असन्तुष्टि सुन्ने धैर्यता नगरेको भन्दै अब प्रधानमन्त्री नै नमान्ने बताएका छन् । तामाङले अनेरास्ववियुले अब मन्त्री सरकारी गाडी चढे तोडफोड गर्ने चेतावनी समेत दिए ।

    ‘राज्यको करबाट तेल भरेर मन्त्री सरकारी गाडी चढे त्यो तोडफोड गर्छौं,’ उनले भनेका छन् ।

    rb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend