बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीको प्रहारले प्रचण्डको मुटु छियाछिया ! ‘टेन्सन’ बढ्यो

केपी ओलीको प्रहारले प्रचण्डको मुटु छियाछिया ! ‘टेन्सन’ बढ्यो

  • मिडिया डबली
  • शनिवार, माघ २४ २०७७

  • 4.8K
    SHARES

  • केपी ओलीको प्रहारले प्रचण्डको मुटु छियाछिया ! ‘टेन्सन’ बढ्यो

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसरी संविधानको रक्षा गर्ने भन्ने चिन्ता लागिपरेको बताएका छन् ।

    आज शनिबार मिडिया एलायन्ससँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीमा गणतन्त्रको माया पहिलेदेखि नै नभएको भन्दै बीचमा सुध्रिएको ठानिए पनि घटनाक्रमले सच्चिएको नपाइएको बताएका छन् ।

    ओलीको पक्षमा पार्टीदेखि संसदसम्म कहीँकतै पनि बहुमत नरहेको भन्दै अल्पमतमा रहेपनि ओलीले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेको बताए ।

    कुनै पनि हालतमा ओलीको प्रतिगामी कदम फिर्ता हुनुपर्ने भन्दै उनले प्रजातन्त्र भनेको बहुमतको शासन भएको बताएका छन् । अल्पमतमा रहेका ओलीले लोकतन्त्रको हत्या गरेको प्रचण्डको आरोप छ ।

    ‘यो सत्य र असत्य, अग्रगमन र प्रतिगमनबीचको संघर्ष हो,’ उनले भने । प्रचण्डले ओलीको प्रवृत्तिलाई बेलैमा चिन्न नसकेकोमा अहिले गल्ती महसूस भएको बताउँदै आफूहरू गम्भीर आत्मसमीक्षातिर रहेको बताएका छन् ।

    ‘यो प्रवृत्तिलाई बेलैमा रोक्न किन सकिएन ? हामी आत्मसमीक्षा गर्छौं । आफ्नै पार्टीको अध्यक्ष र आफैंले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्रीले झण्डै ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिलाई एकैपटक घनले हानेपछि हामी मर्माहत भएका छौं,’ प्रचण्डले भने, ‘कतिपयले किन झगडा गरेको भनेर प्रश्न गर्दा मुटु झियाछिया हुने गरेको छ ।’

    प्रचण्डले एकतालगत्तै ओलीसँग विभिन्न मत–मतान्तर देखिएको खुलासा गर्दै त्यतिबेला नीति तथा कार्यक्रम र बजेट ल्याउँदा समेत पार्टीसँग कुनै छलफल नगरी घोषणापत्र विपरीत जाने काम भएको बताएका छन् ।

    उनले पार्टीभित्रको विवादको विषयमा श्वेतपत्र जारी गर्ने बताउँदै आन्तरिक छलफल भइरहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend