बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपाललाई चीनको चेतावनी : ‘कागजात पछि दिइन्छ, कोरोनाको सिनोभ्याक खोप तुरुन्त लग्नू’

नेपाललाई चीनको चेतावनी : ‘कागजात पछि दिइन्छ, कोरोनाको सिनोभ्याक खोप तुरुन्त लग्नू’

  • मिडिया डबली
  • शुक्रवार, माघ २३ २०७७

  • 6.2K
    SHARES

  • नेपाललाई चीनको चेतावनी : ‘कागजात पछि दिइन्छ, कोरोनाको सिनोभ्याक खोप तुरुन्त लग्नू’

    काठमाडौं – कोरोना भाइरस विरुद्धको चिनियाँ खोप आपूर्ति सम्बन्धमा नेपाल सरकारले प्रश्न उठाएपछि चीनले कागजात पछि उपलब्ध गराइने र अहिले खोप लैजान चेतावनी दिएको छ ।

    यसअघि नेपाल सरकारले खोप आपूर्ति गर्ने कम्पनीले आवश्यक कागजात उपलब्ध नगराएको भन्दै चिनियाँ दूतावासालाई पत्र पठाएको थियो । 

    नेपालमा खोप आपूर्तिका लागि २ वटा चिनियाँ कम्पनीले अनुमति माग गरेको र प्रक्रिया पूरा नगरेको भन्दै स्पष्ट पार्न दूतावासलाई आग्रह गरिएको थियो ।

    नेपालमा चिनियाँ खोप आपूर्तिका लागि ‘पी एन्ड जी होल्डिङ्स प्राइभेट लिमिटेड’ र ‘हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेड’ले अनुमतिका लागि आवेदन दिएका हुन् । तीमध्ये खोप आयातका लागि कुन कम्पनी आधिकारिक कम्पनी हो भन्ने द्विविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    ‘पी एण्ड जी होल्डिङ्स’ले सिंगापुरको कम्पनी ‘ब्लू स्टोन ग्लोबल टेक्नोलोजी प्राइभेट लिमिटेड’मार्फत् खोप आपूर्ति गर्ने भन्दै मूल्यसूची सहित औषधि व्यवस्था विभागमा अनुमति माग गरेको छ । तर ‘पी एण्ड जी’ले पनि खोप आपूर्तिका लागि आवश्यक पर्ने कागजातहरू भने उपलब्ध गराएको छैन ।

    हालसम्म औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड’लाई मात्रै सशर्त आपतकालीन प्रयोग अनुमति दिएको छ । खोप ल्याउनुअघि प्रयोगका लागि उपयुक्त छ कि छैन भनेर अध्ययनपछि औषधि व्यवस्था विभागले अनुमति दिनुपर्ने प्रावधान छ । तर चिनियाँ खोप प्रयोगका लागि नेपाल सरकारले अनुमति पनि दिएको छैन ।

    नेपालस्थिति चिनियाँ दूतावासले नेपालको पत्रको जवाफ चेतावनीपूर्ण भाषामा पठाएको छ । नेपाललाई पठाएको पत्रमा भनिएको छ, ‘चीन र नेपालबीचको मित्रता र नेपालले कोभिड–१९ खोपहरुको आग्रहलाई जोड दिँदै चिनियाँ पक्षले अनुदान सहायता प्रक्रियालाई सरल बनाउँदै नेपालका लागि भ्याक्सिन उत्पादन र पुर्‍याउने विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । नेपाली पक्षलाई अनुदान सहायता अन्तर्गत दान गर्नका लागि सिनोफर्म खोप तुरुन्तै लैजान सुझाव छ । कानूनी प्रावधानसम्बन्धी प्रक्रियाका लागि आवश्यक कागजात एकसाथ पछि प्रदान गर्न सकिन्छ ।’

    तत्कालै नेपालले खोप नलगे पछि उपलब्ध हुन नसक्ने समेत चिनियाँ दूतावासले चेतावनी दिएको स्रोतले जनाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend