सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस खेलकुद विभागले दियो पोखराको सहारा एकेडेमीलाई खेल सामग्री र मास्क

कांग्रेस खेलकुद विभागले दियो पोखराको सहारा एकेडेमीलाई खेल सामग्री र मास्क

  • मिडिया डबली
  • बिहिवार, माघ २२ २०७७

  • 5.2K
    SHARES

  • कांग्रेस खेलकुद विभागले दियो पोखराको सहारा एकेडेमीलाई  खेल सामग्री र मास्क

    काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामग्रीको साथमा मास्क सहयोग गरेको छ।

    विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको टोलीले एकेडेमीको निरिक्षण गर्दै सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २५ थान बल र मास्क १ हजार ५ सय थान सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।

    संघका विभाग प्रमुख बस्नेतले बालकहरुको फुटबल एकेडेमी सहित भरणपोषणमा थप आवश्यक सहयोग गर्ने जानकारी दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले क्लवको एकेडेमी अभियानमा एन्फा र सरकारी निकायबाट समेत थप सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिएका हुन् ।

    क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले स्वागत गरेको कार्यक्रममा पूर्व अध्यक्ष विक्रम थकालीले क्लवको बारेमा जानकारी गराएका थिए।

    टोलीमा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, उपाध्यक्ष वीरबहादुर खड्का, नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचन, नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जन लगायतका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २२ २०७७०५:५२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend