काठमाडौं – आगामी बिहीवारदेखि आकाशमा बदली भई पानी पर्ने र हिमपात हुने पूर्वानुमान मौसमविद्हरूले गरेका छन् ।
पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि शनिवारसम्म मौसममा परिवर्तन हुने भएको छ । अब मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरू हुने मौसमविद्हरूको भनाइ रहेको छ ।
‘मौसम हो अपडेट भइराख्नुपर्ने हुन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा बिहीवारदेखि शनिवारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ । यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ,’ मौसमविद् शान्ति कँडेलले भनिन् ।
मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरू हुने मौसमविद् कँडेलले बताइन् । यो मौसमी प्रणाली रहुञ्जेल अधिकतम तापक्रम घट्ने जनाइएको छ । तराईको हुस्सु–कुहिरो पनि हट्ने छ ।
‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसूस हुन्छ । तर पहाडी क्षेत्रहरूमा बदली भएर घाम नलाग्दा चिसो महसूस हुन्छ । तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद् कँडेलले भनिन् ।
घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो भने नहुने मौसमविद् कँडेलले जानकारी दिइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।