काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले शनिबार नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल १ नम्बर प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो १ नम्बर प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने २ नम्बर प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
बाँकी प्रदेशमा सामान्यतया सफा रहने र १ नम्बर प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
शनिबार राति १ नम्बर प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरुका साथै सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने समेत जनाइएको छ ।
१ नम्बर प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।