सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक विशेष

ओलीका विश्वासपात्र रेल्वे महाप्रबन्धक भट्टराईद्वारा माधव नेपाललाई ‘काट्टे बाहुन’ को संज्ञा

ओलीका विश्वासपात्र रेल्वे महाप्रबन्धक भट्टराईद्वारा माधव नेपाललाई ‘काट्टे बाहुन’ को संज्ञा

  • मिडिया डबली
  • मंगलवार, पौष २८ २०७७

  • 7.0K
    SHARES

  • ओलीका विश्वासपात्र रेल्वे महाप्रबन्धक भट्टराईद्वारा माधव नेपाललाई ‘काट्टे बाहुन’ को संज्ञा

    काठमाडौं - प्रधानमन्त्री केपी ओली जति मुखाले छन्, उनका अनुयायी र निकट नेता कार्यकर्ता पनि त्यस्तै छुद्र भएर निस्केका छन् । चाहे गोकुल बास्कोटा हुन् या महेश बस्नेत वा विष्णु रिमाल नै ।

    प्रधानमन्त्री ओलीको प्रशस्ती गान गाएर राजनीतिक नियुक्ति खानेको अवस्था पनि त्यस्तै छ । उनीहरू आफ्ना विरोधीलाई केपी ओलीभन्दा पनि अगाडि बढेर गालीगलौज गर्न तम्सिन्छन् ।

    केहीले त गोलीगलौज गर्न, शिष्टताको मर्यादा उल्लंघन गर्न ओलीलाई नै जितेका छन् । त्यसैमध्येमा पर्छन् गुरु भट्टराई । यिनी केहीअघिसम्म बेराजगार थिए । आफूलाई बौद्धिक भन्न रुचाउने भट्टराईले ओली प्रधानमन्त्री बन्नेवित्तिकै सामाजिक सञ्जालमा ओलीको प्रशस्ती गान गाउन थाले ।

    उनी पनि झापाकै हुन् । नेपाली कांग्रेस र यसका नेता खुइल्याउन उनी ओलीभन्दा पनि अघि देखिए । सँगसँगै माओवादी नेता कार्यकर्तालाई तथानाम लेख्ने, ओलीइतर नेकपाकै नेता कार्यकर्तालाई अश्लील गालीगलौज गरेर विद्वता देखाएपछि ओलीले टपक्क टिपेर रेल्वे विभागको महाप्रबन्धक नियुक्त गरिदिए ।

    अहिले यिनी पूर्वएमाले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाललगायतको उछितो काढ्नमै व्यस्त छन् । जनताको करको पैसामा मस्ती गर्ने भट्टराईले आइतबार राति सामाजिक सञ्जाल ट्विटरमा नेकपा अध्यक्ष नेपालविरुद्ध तथानाम लेखेका छन् । उनले लेखेको पढ्नेलाई नै लाज लाग्न सक्छ । कतिसम्म भने यिनले माधवलाई सधैं अपुताली खाने भनेर खिल्ली उडाएका छन् ।

    उनले लेखेका छन्, ‘मदन मरेपछि महासचिव, वीरेन्द्र मरेपछि ज्ञानेन्द्रलाई प्रम हुन ढोग, दुई ठाउँ हरुवा हुँदा पनि प्रम, महाधिबेशनमा हारेर पनि अध्यक्ष चाहिने, अझ केपी ओली मर्छ र मै प्रम हुन्छु भन्ने माकुनेको आशा । सधैं अपुताली खाने ? काट्टे बाहुनको पाराले राजनीति धान्ने ? कठैबरा ।’

    Gurubhattrai.JPG

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २४ २०७७११:०२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend