काठमाडौं – नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ ।
नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइरसको अनुवांशिक अनुक्रमीय ब्याख्या सर्वेक्षणका क्रममा यस्तो तथ्य पाइएको छ ।
नेपालमा देखिएको कोरोना भाइरसको सम्भावित स्रोत भारत, साउदी अरेबिया, युरोप र संयुक्त राज्य अमेरिकामा भएको देखिएको छ ।
अनुसन्धानमा सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको पाइएको छ । देशभर ५९ दशमलव ३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसारको प्रयोग गरेको पाइएको छ ।
सर्वेक्षण गरिएका संक्रमितमध्ये ५८ दशमलव २ प्रतिशतमा होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको देखिएको छ ।
५.६ प्रतिशतले आयुर्वेदिक उपचार र २९.६ प्रतिशतले आधुनिक औषधि उपचारको प्रयोग गरेको पाइएको थियो । अनुसन्धानका क्रममा लक्षण सहितका संक्रमितमा ज्वरो, खोकी, चिसो महसूस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी दुखाइ, जोर्नी दुख्ने र वाकवाकी रहेको देखिएको थियो ।
अध्ययनमा सहभागी संक्रमितमध्ये ५२.५ प्रतिशतले परिवारसँग सामाजिक दूरी पूर्ण रूपमा र ३५ प्रतिशतले कहिलेकाहीँ सामाजिक दूरी कायम गरेको समेत पाइएको छ । संक्रमित भई उपचार गरिरहेकामध्ये ५९.३ प्रतिशतले घरेलु, ५.६ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले आधुनिक औषधि उपचार गरेको अध्ययनले देखाएको छ ।
देशभर बिहीवार ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार ५ हजार १ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ ।
यससँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ६९ हजार २९२ पुगेको छ ।
बिहीवार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०३ पुगेको छ । हाल देशभर ३४२ जना क्वारेन्टाइनमा रहेका छन् ।
बिहीवार देशभर ४८३ जना उपचारपछि डिस्चार्ज भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । देशभर हाल २१६ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १८४ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।