काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी सुरु भएदेखि नै चीनप्रति विश्व समुदाय शंकास्पद छ । त्यसमा थप शंका बढाउने व्यवहार चीनले फेरि देखाएको छ ।
कोरोनाबारे अध्ययन गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तयार पारेको विज्ञको टीमलाई चीनमा प्रवेश निषेध गरिएको छ ।
चीनको वुहान गएर कोरोनाको रहस्य खुलासा गर्ने उद्देश्य बोकेको डब्ल्यूएचओको टीमलाई चीन प्रवेशमा रोक लगाइएको छ । भिसामा समस्या सिर्जना गरेर चीन सरकारले टोलीलाई रोक लगाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले चीनले डब्ल्यूएचओका अधिकारीलाई भिसा नदिएको भन्दै निकै दुःखद घटना भएको बताए । उनले चीनले वुहानमा कोरोनापछिको अवस्थाबारे अध्ययनका लागि जान लागेको टोलीका सदस्यलाई भिसा दिएको छैन ।
कोरोनाको अध्ययन डब्ल्यूएचओ र अन्तर्राष्ट्रिय जगतका लागि निकै महत्त्वपूर्ण रहेको बताउँदै भिसाका लागि चीनका अधिकारीसँग छलफल भइरहेको समेत बताए ।
लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो । तर विवज्ञ टोली अप्ठ्यारोमा पर्ने गरी बाधा उत्पन्न गरिएको छ ।
वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने तयारी गरेको छ । तर चीन सरकारले भिसा उपलब्ध गराइरहेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।