आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माछापुच्छ्रे बैंकले यी स्थानमा थप्यो थप ६ शाखा रहित बैकिङ सेवा

माछापुच्छ्रे बैंकले यी स्थानमा थप्यो थप ६ शाखा रहित बैकिङ सेवा

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 6.3K
    SHARES

  • माछापुच्छ्रे बैंकले यी स्थानमा थप्यो थप ६ शाखा रहित बैकिङ  सेवा

    काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।

    बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.–०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०, माईधारा ,झापा जिल्लाकै कन्काई न.पा.–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

    बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ जानकारी दिएको छ । 

    देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैकिङ सेवा १४८ पुगेको छ ।

    ग्राहक सेवा केन्द्रको  रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीक  साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

    बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ । 

    बैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ३०८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ सुबिधा  प्रदान गर्नुका साथै, बैकको देशभर १९८ वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १३ २०७७०८:५३:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend