काठमाडौँ- माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल सेवालाई उच्च प्राथमिकतामा राख्दै विच्याट वालेट भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।
२१ औँ वार्षिकोत्सवको अवसरमा बैंकले यो सेवा सञ्चालनमा ल्याएको हो। बैंकले क्युआरकोड स्क्यान गरेर आफ्नो खाताबाट नगद निकाल्न सक्ने एमबिएल स्मार्ट काउन्टर पनि सञ्चालनमा ल्याएको छ।
नयाँ स्मार्ट वेवसाइट समेत शुरु गरेको बैंकले यस वेवसाइटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सकि बताएको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न २०र२० अफर समेत ल्याएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।