आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माछापुच्छ्रेले बोलायो बैङ्कहरुमध्येकै पहिलो साधारणसभा

माछापुच्छ्रेले बोलायो बैङ्कहरुमध्येकै पहिलो साधारणसभा

  • मिडिया डबली
  • बिहिवार, आश्विन १५ २०७७

  • 5.6K
    SHARES

  • माछापुच्छ्रेले बोलायो बैङ्कहरुमध्येकै पहिलो साधारणसभा

    काठमाडौँ-  यस वर्षको लागि वाणिज्य बैङ्कहरुको साधारणसभाको सिजन सुरु भएको छ । यो वर्ष माछापुच्छ्रे बैङ्कले वाणिज्य बैङ्कहरुमध्येमै पहिलोपटक साधारणसभाको मिति घोषणा गरेर वाणिज्य साधारणसभाको सिजन सुरु भएको संकेत गरेको हो ।

    माछापुच्छ्रे बैङ्कले आगामी कात्तिक ६ गते पोखरामा बस्नेगरी साधारणसभा बोलाएको हो । कात्तिक ७ गते बडादसैँको फुलपाती पर्छ । त्यसको अघिल्लो दिन बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा सो साधारणसभा आह्वान गरिएको हो ।

    सो साधारणसभामा बैङ्क सञ्चालक समितिले प्रस्ताव गरेको १०.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्त गर्ने र ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा तय गरेको छ ।

    माछापुच्छ्रे बैङ्कको असोज १ गतेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई अघिल्लो वर्षको नाफाबाट ३.३७ प्रतिशतले हुने नगद लाभांश र ७.०३ प्रतिशतले हुने बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    राष्ट्र बैङ्कबाट स्वीकृत लेखापरीक्षण प्रतिवदनका आधारमा उक्त लाभांश प्रस्ताव गरिएको हो । माछापुच्छ्रे बैङ्कसँग हाल ८ अर्ब ४५ करोड ८४ लाखको चुक्ता पुँजी छ ।

    उक्त पुँजीको १०.४० प्रतिशतले हुने करिब ८७ करोड ९६ लाख ८१ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो । सो बैङ्कले आफ्नो लेखापरीक्षण नगरिएको वित्तीय विवरणमा ९० करोड ८२ लाख रुपैयाँ लाभांश वितरण गर्ने क्षमता रहेको जनाएको थियो । यो लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी ९ अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १४ २०७७०५:२२:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend