आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतबाट माछापुच्छ्रे बैंकमा बिना अतिरिक्त शुल्क पैसा पठाउन सकिने

भारतबाट माछापुच्छ्रे बैंकमा बिना अतिरिक्त शुल्क पैसा पठाउन सकिने

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०७७

  • 5.2K
    SHARES

  • भारतबाट माछापुच्छ्रे बैंकमा बिना अतिरिक्त शुल्क पैसा पठाउन सकिने

    काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ।

    चाडबाडको समयलाई लक्षित गरि गएको सोमबारदेखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिनेछ।

    यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि. का १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ। 

    स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १४ २०७७०५:२२:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend