बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमै कोरोनाको जटिल लक्षणले बढ्यो मृत्यु तर सरकारले गर्दैन पर्याप्त चेकजाँच

नेपालमै कोरोनाको जटिल लक्षणले बढ्यो मृत्यु तर सरकारले गर्दैन पर्याप्त चेकजाँच

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 3.7K
    SHARES

  • नेपालमै कोरोनाको जटिल लक्षणले बढ्यो मृत्यु तर सरकारले गर्दैन पर्याप्त चेकजाँच

    धनगढी – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ ।

    सुरूमा कोरोनाको संक्रमण केही व्यक्तिमा मात्र देखिँदा जसरी सरकारी पक्षले कोरानाको संक्रमण नियन्त्रण र रोकथाम गर्न गम्भीरता देखायो । तर अहिले सामान्य सावधानीका उपाय अवलम्बन गराउनमा समेत बेवास्ता गरेको छ भने सर्वसाधारणले पनि सावधानीका उपाय अपनाउन छोडेका छन् ।

    ‘पहिले २/४ जनामा कोरोना संक्रमण हुँदा मानिसहरु मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, घरबाट कम निस्कने, निस्कनै परे अरुलाई नछुनेलगायत सावधानी अपनाउने गर्थे,’ स्थानीय भरत खड्का भन्छन्, ‘अहिले त समान्य अवस्था जस्तै सबैजना विना मास्क भीडभाडमा जान थालेका छन् ।’

    कैलालीका मालपोत, यातायात, आन्तरिक राजस्वजस्ता सरकारी कार्यालयमा ठेलमठेल हुने घुइँचो देखिन्छ । विभिन्न व्यावसायिक पसल, सार्वजनिक स्थल, सडकमा भौतिक दूरी कायम नगरी भीडभाड हुने गरेको छ । कुनै सावधानी नअपनाई भीडभाडमा जानेमध्ये प्रायः मानिसले मास्क समेत प्रयोग गरेको देखिँदैन ।  

    स्वास्थ्यविज्ञ तथा वरिष्ठ फिजिसियन शुभेशराज कायस्थ सरकार र सर्वसाधारण दुबै पक्षको लापरबाहीले कोरोनाको संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको बताउँछन् । ‘सरकार र सर्वसाधारण दुवै रिल्याक्समा देखिन्छन्, सावधानीका उपाय अवलम्बन गर्नरगराउनतिर कसैको ध्यान छैन,’ उनले भने, ‘टेस्टको दायरा पनि घटाउँदै लगिएको छ ।’

    उनका अनुसार अस्पताल भर्ना हुने, जटिल प्रकृतिका लक्षण भएका संक्रमितको संख्याका साथै मृत्यु हुने संख्या बढ्दै गएको छ । कोरोनाको संक्रमण नियन्त्रणबाहिर रहेको उनको भनाइ छ । ‘कोरोनाको संक्रमण नियन्त्रणमा छैन, यो लापरबाहीले अवस्था अझै जटिल र भयाभह हुने देखिन्छ,’ उनले भने ।

    संक्रमण र मृत्युदर बढ्दै गएको छ तर कोरोनाको परीक्षणको दायरा कम गरिँदै लगिएको छ । सुरूमा पीसीआर मशिन कम प्रयोग भएर परीक्षण कम हुने गरेको थियो । अहिले पीसीआर मशिन पर्याप्त हुँदा पनि थ्रोट स्वाब संकलन र परीक्षण कम हुने गरेको छ ।

    संक्रमित भएका व्यक्तिको सम्पर्कमा रहेकालाई कन्ट्रयाक्ट ट्रेसिङ गरेर परीक्षण गरिने गरेको छैन । संक्रमितको सम्पर्कमा रहेकाहरुको परीक्षण नहुँदा संक्रमण भएका व्यक्ति समेत भीडभाड र समुदायमा घुलमिल हुँदा संक्रमण फैलिरहेको कायस्थ बताउँछन् । 

    ‘कन्ट्याक्ट ट्रेसिङ गरेर जाँच गर्न छोडिएको छ, संक्रमित पनि जाँच गराउन नगएर भीडभाडमा जाने गरेका छन्,’ उनी भन्छन्, ‘ज्येष्ठ नागरिक र दीर्घ रोगीमा यो संक्रमण पुगेमा स्थिति अझ भयाभह हुन्छ ।’

    ज्येष्ठ नागरिक, मधुमेह, मिर्गौलाका बिरामी, श्वासप्रश्वाससम्बन्धी बिरामी, क्यान्सर, एचआईभीलगायत दीर्घरोगीहरुको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यस्तो लापरबाहीले धेरै जोखिम बढाएको उनी बताउँछन् ।  

    गत चैतको १४ गते पहिलो संक्रमित देखापरेको सुदूरपश्चिममा २ महिनापछि बाजुराकी २ वर्षीया बालिकाको पहिलो मृत्यु भएको थियो । साउन मसान्तसम्म यस प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १२ थियो । कोरोनाको संक्रमण बढेसँगै पछिल्लो ३ महिनाको अवधिमा मात्र यस प्रदेशबाट मृत्यु हुनेको संख्या बढेर ७० पुगेको छ । 

    प्रदेशमा उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा समेत मृत्यु भएकाको संख्या जोडेर यो संख्या पुगेको हो । यस प्रदेशका अस्पतालमा मात्र मृत्यु भएकाको संख्या ४७ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । मंसिरमै मात्र २३ जनाको मृत्यु भएको छ ।

    धनगढीको सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा मात्र मंसिरमा १४ जनाको मृत्यु भएको छ भने पुसको पहिलो हप्तामा ४ जनाको ज्यान गएको छ ।

    लक्षण भएका मात्र संक्रमित आउने भएकाले मृत्युदर पनि बढेको प्रवक्ता कार्की बताउँछन् । ‘लक्षण भएका संक्रमित मात्र अहिले जाँच गर्न आइरहेका छन्,’ उनले भने, ‘यसले पनि मृत्युदर बढ्दै गएको हो, अर्को कुरा होम आइसोलेसनमा बसिरहेका संक्रमितले पालना गर्ने नियम पालना नगर्दा पनि संक्रमण र मृत्युदर बढिरहेको छ ।’

    सुदूरपश्चिममा अहिले सक्रिय रहेका २ हजार ४९५ मध्ये करीब २ हजार संक्रमित होम आइसोलेसनमा रहेको उनले बताए । ‘ठूलो संख्यामा होम आइसोलेसनमा भएकाले उनीहरूले पालना गर्ने नियम पालना गरेका छन् कि छैनन् यसले पनि असर गरेको छ,’ उनले भने । 

    दीर्घरोगीलाई बढी समस्या हुने गरेको उनी बताउँछन् । उनका अनुसार सावधानी नअपनाउँदा र लक्षण नभएका संक्रमितको जाँच नहुँदा दीर्घरोगी, ज्येष्ठ नागरिक संक्रमणको जोखिममा परेका छन् । सुदूरपश्चिममा हालसम्म १३ हजार ११५ जना संक्रमित देखिएका छन् । नागरिक दैनिकमा खबर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend