बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली निवास बालुवाटार घेर्नेसम्मको योजनासहित काठमाडौं आउँदै ५०० उखु किसान

ओली निवास बालुवाटार घेर्नेसम्मको योजनासहित काठमाडौं आउँदै ५०० उखु किसान

  • मिडिया डबली
  • बुधवार, मंसिर २४ २०७७

  • 5.5K
    SHARES

  • ओली निवास बालुवाटार घेर्नेसम्मको योजनासहित काठमाडौं आउँदै ५०० उखु किसान

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उखु किसानले पाउनुपर्ने रकम भुक्तानी गराउन नसकेपछि किसान आन्दोलित भएका छन् ।

    सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् ।

    चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको वाचा पूरा नगरेको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा किसानले गरेका छन् ।

    माइतीघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताएका छन् ।

    ‘मंसिर २७ गते बेलुका सर्लाहीबाट हामी ५०० जना किसान काठमाडौंका लागि हिँड्दैछौं, मंसिर २८ गते माइतीघर घेराउ गर्छौं,’ संरक्षक मिश्रले भने ।

    सरकारले किसानसँग गरेको पटक–पटकको वाचा अनुसार मंसिर २६ गतेसम्म किसानले बक्यौता प्राप्त गर्नुपर्ने भए पनि १ वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले गुनासो गरे ।

    ‘तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थियौं, उहाँले पैसा दिलाइदिने भनेर ठूलो–ठूलो कुरा गर्नुभयो, तर पैसा आएन,’ मिश्रले भने ।

    सरकारले किसानसँग पटक–पटक सम्झौता गरे पनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नुपरेको किसानले गुनासो गरेका छन् ।

    काठमाडौं केन्द्रित आन्दोलनको कार्यक्रमअन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानव अधिकारकर्मीलाई आफ्नो व्यथा सुनाउने लगायतका तयारी किसानले गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend