लहान- सरिता गिरी समर्थक समूहले सिरहाको लहान नगरपालिकामा आज (बुधवार) लोकतन्त्रको पक्षमा र चीनको बिरूद्धमा प्रदर्शन गरेको छ ।
स्थानीय पशुपति आदर्श माध्यमिक विद्यालय प्रङ्गणबाट निकालिएको विरोध र्याली बजार परिक्रमा गरी मुख्य चोकमा कोणसभामा परिणत भएको थियो ।
'लोकतन्त्र सुनिस्चित गर', 'नागरिक अधिकार रक्षा गर', ‘गो ब्याक चाइना’, ‘चिनियाँ सरकार नेपालको दलमा हस्तक्षेप बन्द गर’, 'चीनले मिचेको भुमी फिर्ता गर' लगायतका प्ले कार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।
नेपाली दलमा चिनियाँ सरकारको हस्तक्षेपका कारण आफुहरुको नेता गिरीलाई कारवाही गरिएकोले प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् । र्यालीपछि कोणसभाको आयोजना गरिएको छ ।
कोणसभामा पूर्व मन्त्री गिरीले आफुले संसदमा उठाएको आवाज जायज रहेको बताएकी छन् । उनले सभालाई सम्वोधन गर्दै आफुहरुले उठाएको आवाज नेपालका राष्ट्रिय मिडियाहरुले पचाउन नसकेको आरोप समेत लगाइन् ।
उनले भनिन्–‘सरकारले निरंकुश शैली अपनाएको यसले स्पष्ट हुन्छ ।’ अर्को सन्दर्भमा उनले सरकारको गलत रबैयाले देशमा भ्रष्टचार बढ्दै गएको आरोप लगाइएन् ।
‘भ्रष्टाचार नियन्त्रण गर्न सरकारले पहल गर्नुपर्ने थियो र छ’ उनले थपिन–‘तर, सरकार उल्टै भ्रष्टाचारलाई संस्थागत गर्दै अघि बढेको देख्न सकिन्छ ।’ यस्ता रबैयाहरुमा सुधार नल्याए आउने दिनमा सरकारको पतन निश्चित रहेको नेता गिरीको भनाई छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।