काठमाडौं - भारतले कोरोना महामारीविरुद्धको लडाईंमा नेपाललाई ठूलो सहयोग गरेको छ । भारतले कोरोना भाइरस संक्रमणको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि उपलब्ध गराएको छ ।
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमणका क्रममा नेपाललाई दुई हजार भायल रेम्डेसिभिर औषधि उपलब्ध गराएको हो ।
उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई दुई हजार भायल रेम्डेसिभिरसहित अन्य आवश्यक औषधि, भेन्टिलेटर, कोरोना परीक्षण किट र पीपीई उपलब्ध गराएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
उक्त सामग्री हस्तान्तरण गर्दै विदेश सचिव श्रृंगलाले कोरोना महामारीले विश्वलाई दोस्रो विश्व युद्धपछिको ठूलो क्षति पुर्याएको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय सहकार्य निकै आवश्यक भएको बताएका छन् ।
उनले भारतले निरन्तर नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । भारतीय विदेश मन्त्रालयले श्रृंगलाको भेट द्विपक्षी उच्चस्तरीय भेटघाटको निरन्तरताको रुपमा भएको बताएको छ ।
यसअघि पनि भारतले नेपाललाई ठूलो सहयोग गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।