काठमाडौँ- कोरोनाका कारण एकै दिन हालसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको छ । समाचार अनुसार कोरोना सङ्क्रमण बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचार गर्ने सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार शुक्रबार देशभर १४८ जना कोरोना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १५ जना सङ्क्रमित भेन्टिलेटरमा र १३३ जना सङ्क्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिँदै बाग्मती प्रदेशका मात्र ५२ जना आईसीयूमा रहेको बताए । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।