आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिरामी बोकेको एम्बुलेन्स भारतीय ट्रकमा ठोकियो, एकको मृत्यु

बिरामी बोकेको एम्बुलेन्स भारतीय ट्रकमा ठोकियो, एकको मृत्यु

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 3.9K
    SHARES

  • बिरामी बोकेको एम्बुलेन्स भारतीय ट्रकमा ठोकियो, एकको मृत्यु
    फाइल तस्बिर

    काठमाडौं – विराटनगरमा सप्तरीबाट बिरामी लिएर आएको एम्बुलेन्स सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकास्थित कोशी राजमार्गमा सप्तरीको तिलाठीबाट बिरामी लिएर आएको एम्बुलेन्स राति करिब १ बजे सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो ।

    एम्बुलेन्समा सवार बिरामी तिलाठी कोइलाडीका ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार सप्तरीबाट विरामी लिएर आएको स १ च १९२२ नम्बर एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा ठोक्किन पुगेको थियो ।

    घटनामा बिरामी लिएर आएका आफन्त रामसुन्दर मण्डल, भोलीदेवी मण्डल र जितेन्द्र मण्डल घाइते भएका छन् । उनीहरुको पनि नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बिरामी नुनुलाललाई श्वासप्रश्वासमा समस्या भएपछि राति नै उपचारका लागि विराटनगर ल्याइएको हो। ट्रक भने बिग्रिएर सडकमा राखिएको बताइएको छ । ट्रक र एम्बुलेन्सका चालक हरिनारायण यादव दुवै बेपत्ता छन् । प्रहरीका अनुसार दुवैको खोजी भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १२ २०७७०८:३८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend