काठमाडौँ- भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला शुक्रबार नेपालको दुई दिने भ्रमण पूरा गरेर नयाँ दिल्ली फर्केका छन् । झन्डै एक वर्षदेखि सीमा विवादका कारण हुन नसकेको कूटनीतिक संवादहीनतालाई तोड्दै श्रृगलाले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइ दिएका छन् ।
काठमाडौंमा विदेश सचिव श्रृगलाले बिहीबार समकक्षी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसँगको द्विपक्षीय वार्ता गरेका थिए । लगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेसका नेताहरु र शुक्रबार बिहान मधेसका नेताहरुसँगको भेटवार्तामा भारतले पनि नेपालले जस्तै वार्तामार्फत नै समस्याको समाधान खोजेको सन्देश दिए । साथै, उनले आगामी दिनमा नेपाल र भारत बीचमा कूटनीतिक संवाद हुने पनि उनले संकेत गरे ।
उनले शुक्रबारै दिल्ली जानुअघि गोरखामा भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका घरहरुको अवलोकन गरे भने स्कुल भवनको उद्घाटन गरे । साथै, उनले मनाङ पुगेर गुम्बा पनि उद्घाटन गरे । मनाङमा आयोजित कार्यक्रममा उनले बुद्धिजम भारत र नेपाललाई जोड्ने महत्त्वपूर्ण धागो रहेको बताए ।
दुई मुलुक कूटनीतिक संवादको बाटो खोल्दै विदेश सचिव श्रृंगलाले नेपाल–भारतबीच रहेको सीमा समस्यालाई कूटनीतिक संवादमार्फत समाधान गर्ने पनि प्रस्ट पारेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।