काठमाडौं- दुईदिने नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेका श्रींगलाले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। यसअघि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका थिए।
बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आएका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग बैठक गरेका थिए। उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताए।
विदेश सचिव श्रींगला शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छ भने उनले भोलि नै नेपाल(भारत सम्बन्धबारे सम्बोधन पनि गर्नेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।