आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छ : भारतीय विदेश सचिव

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छ : भारतीय विदेश सचिव

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १२ २०७७

  • 3.8K
    SHARES

  • भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छ : भारतीय विदेश सचिव

    गोरखा- भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् । 

    भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पु¥याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै आज नवनिर्मित भवनको  उद्घाटन गर्दै उनले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वर्षाँैदेखि सम्बन्ध झन् प्रगाढ हुने बताए ।

    भूकम्पले क्षति पु¥याएका निजी आवास, सामुदायिक विद्यालय र स्वास्थ्यचौकी पुनःनिर्माणमा भारत सरकारले सहयोग गर्दै आइरहेको जनाउँदै विदेश सचिव शृङ्गलाले नेपाललाई भारतको सहयोग सधैँ रहने बताए। 

    उनले नेपाल एकीकरणको उद्गम थलो गोरखामा आउन पाउँदा आफूलाई गर्व लागेको बताउँदै भने,  “नेपालीहरु विश्वभरि साहसीका रुपमा चिनिन्छन्, तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरण शुरुआत गरेको ठाउँमा आउन पाउँदा मलाई गर्व लागेको छ ।”

    भारत सरकारको सहयोगमा गोरखा नगरपालिकामा महालक्ष्मी माध्यमिक विद्यालय, रत्नलक्ष्मी माध्यमिक विद्यालय र तारा माध्यमिक विद्यालय छेवेटारको भवन पुनःनिर्माण सम्पन्न भएको हो । 

    तीनै नवनिर्मित विद्यालय भवनको महालक्ष्मी मावि लक्ष्मीबजारमा आयोजित कार्यक्रमका बीच विदेश सचिव शृङ्गलाले उद्घाटन गर्नुभएको हो । 

    कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त,  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङलगायतले भारतको सहयोगको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको पनि सहभागिता थियो ।

    भारतले नेपालमा भूकम्पपछि गोरखा र नुवाकोट जिल्लामा गरी कुल ५० हजार घर निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो ।  सोअनुसार दुई जिल्लामा गरी ४६ हजार पाँच सय घर निर्माण सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । 

    तीमध्ये गोरखा जिल्लामा २५ हजार १७ घरधुरी  निर्माण भएको छ । नेपाल आवास पुनर्निर्माण परियोजना, भारत सरकारको  आर्थिक  सहयोगमा सन् २०१८ मार्च महिनादेखि  युएनडिपीका समन्वयमा गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ । 

    सो परियोजनामा स्थानीय साझेदारी संस्थाका रुपमा पद्धति  विकास केन्द्र  र स्वाराँ सघन गाउँ विकास केन्द्रमार्फत  जिल्लाका गोरखा र पालुङटार   नगरपालिका  तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट , सिरानचोक र शहीद लखनसहित  ६ गाउँपालिकाका  ४२ वडामा  सञ्चालन भइरहेको छ ।

    परियोजनालले २६ हजार ९१२ घरधुरीका लागि सामाजिक प्राविधिक सहजिकरणअन्तर्गत काम गरिरहेको छ । तीमध्ये भदौ मसान्तसम्म २५ हजार १७ घर निर्माण सम्पन्न भइसकेको तथा ६७७ निर्माणाधीन रहेको परियोजना गोरखा प्रमुख राम सापकोटाले जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ११ २०७७०६:०२:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend