काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रींगलाले नेपाली कांग्रेसका शीर्ष नेतासँग भेटवार्ता गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमै पुगेर श्रींगलाले भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णाप्रसाद सिटौला र पूर्वपरराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई सहभागी थिए ।
कांग्रेस शीर्ष नेतासँगको भेटवार्तामा श्रींगलाले दुई पक्षीय हितका बारेमा कुराकानी भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गरेर श्रींगला बुढानिलकण्ठ पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।