काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलालाई आज साँझ राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गरेकी हुन् ।
राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गरेको जानकारी दिए ।
आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।