आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हरामी डोनाल्ड ट्रम्प बल्ल स्वीकारे बाइडेनको जीत

हरामी डोनाल्ड ट्रम्प बल्ल स्वीकारे बाइडेनको जीत

  • मिडिया डबली
  • मंगलवार, मंसिर ९ २०७७

  • 8.7K
    SHARES

  • हरामी डोनाल्ड ट्रम्प बल्ल स्वीकारे बाइडेनको जीत

     काठमाडौं - अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गरिरहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जित स्वीकार गरेका छन्। ट्रम्पले ट्विट गर्दै ‘लडाइँ’ (चुनावमा धाँधली भयो भन्ने विषयमा अदालती प्रक्रिया)जारी रहेको र जित आफ्नै हुने जिकिर गरे पनि राष्ट्रको ‘सर्वोत्तम’ हितका लागि बाइडेनको टोलीले अन्तरिम कालको प्रशासन औपचारिक रूपमा सञ्चालन गर्न सक्ने घोषणा गरेका हुन्।

    यही नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्रेट पार्टीका उम्मेदवार बाइडेनले बहुमत ल्याउँदै विजयी भइसकेका छन्। तर ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै पुनः मत गणना तथा छानबिनका लागि अदालतमा मुद्दा हालेका छन्। कतिपय राज्यमा पुनः मत गणना गर्दा पनि बाइडेन नै विजयी भएका छन् भने कतिपय राज्यका न्यायाधीशले ट्रम्पले धाँधलीको आरोप लगाउँदै दिएको उजुरी खारेज गरेका छन्।

    यहीबीच ट्रम्पले लडाइँ जारी रहेको उल्लेख गर्दै बाइडेनलाई अन्तरिक कालको प्रशासन सञ्चालनका लागि भने बाटो खुला गरेका हुन्। नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनले सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि यस अघिदेखि नै अन्तरिमक कालको काम सुरु गरिसकेका छन्।

    बाइडेनले आगामी जनवरी २० तारिख राष्ट्रपतिको पद सम्हाल्ने छन्। त्यसअघिको अवधिमा उनको अन्तरिम प्रशासनले सरकारको काम थाल्न ठाउँ र कोष पाउनुपर्छ। तर ट्रम्पले आफ्नो हार अस्वीकार गर्दैै असहयोग गरिरहेका थिए। बाइडेनले औपचारिक रूपमा सत्ता नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) को हो। जसका प्रमुख एमिली मर्फी हुन्।

    उनको टोलीलाई बाइडेनको अन्तरिम प्रशासन सञ्चालनमा आवश्यक सहयोग गर्न ट्रम्पले निर्देशन दिएका हुन्। मर्फीले नवनिर्वाचित राष्ट्रपति बाइडेनको अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम विनियोजन गरेको जानकारी दिएकी छन्। एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १७ २०७७०७:०८:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend