काठमाडौँ- प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै ई के वाई सी सेवा सञ्चालनमा ल्याएको छ ।
प्रभु बैंकमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकरुले बैंकको वेबसाइट www.prabhubank.com. मा लागिन गरी अनलाइन मार्फत के वाई सी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ बताईएको छ ।
यसबाट प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ । प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा के वाई सी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुने बैकले जानकारी दिएको छ ।
यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उथैना सक्ने बैंकले पूर्ण विश्वास लिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।